रामेछापमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, १३ जना घाइते (मृतक र घाइतेको नामसहित)

दियो पोस्ट  

रामेछाप, मंसिर २ ।रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवास्थित ढाक्रेवासमा बलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । दोलखाको सैलुङ गाउँपालिकाबाट दोरम्बा तर्फ आउदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको निधन भएको हो ।

सैलुङ गाउँपालिका वडा नम्बर ८ मनगाउँका बर्ष दसका सुवानी श्रेष्ठ र बर्ष १२ दिलकुमारी श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते हुनेहरुमा सैलुङ गाउँपालिका वड नम्बर ८ बर्ष ४० की बिमला श्रेष्ठ, बर्ष २ को युनिष श्रेष्ठ, बर्ष ८ की मनकुमारी श्रेष्ठ, बर्ष १० कि सुक्रिया श्रेष्ठ, बर्ष १२ का सबिर श्रेष्ठ, बर्ष १० को दिल बहादुर श्रेष्ठ, बर्ष ४५ की मनलक्ष्मी श्रेष्ठ, बर्ष ५० का केन्द्र बहादुर श्रेष्ठ, बर्ष २० कि लालमायाँ श्रेष्ठ बर्ष २ कि इच्छा श्रेष्ठ, बर्ष ४२ का दिपु श्रेष्ठ र बर्ष ३८ की धनलक्ष्मी श्रेष्ठ रहेका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

सिफारिस