प्रचण्ड पुत्र प्रकाश निधनको दुई बर्षः श्रद्धाञ्जलीको लागि नेता कार्यकर्ता खुमलटारमा

प्रचण्ड पुत्र प्रकाश निधनको दुई बर्षः श्रद्धाञ्जलीको लागि नेता कार्यकर्ता खुमलटारमा


काठमाडौँ, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएको आज दुई बर्ष पुगेको छ । स्वर्गिय प्रकाशलाई स्मरण गर्न तथा श्रद्धाञ्जली दिनका लागि नेकपाका नेता कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् ।

औपचारिक रुपमा श्रद्धाञ्जली कार्यक्रम नराखिएपछि खुमलटारमा पुगेर नेता कार्यकर्ताहरुले प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाएका छन् । नेता कार्यकर्ताहरुले प्रकाशको फोटोमा माल्यार्पण गर्दै उनिप्रति गहिरो सम्मान व्यक्त गरेका छन् ।

प्रचण्डपुत्र प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

Trending News