प्रकाशलाई सम्झिँदै गंगा दाहालले लेखिन्, ‘तिमिले छोडेको जिम्मेवारी पुरा गर्ने कोशिस गर्दै छु बाबु’

प्रकाशलाई सम्झिँदै गंगा दाहालले लेखिन्, ‘तिमिले छोडेको जिम्मेवारी पुरा गर्ने कोशिस गर्दै छु बाबु’

काठमडौँ, मंसिर ३ । आजभन्दा ठिक दुई बर्ष अगाडी नेकपा अध्यक्ष प्रचण्डका एक्लो पुत्र प्रकाशको निधन भएको थियो । वि.स २०७४ साल मंसिर ३ गतेका दिन हृदयघातका कारण प्रकाशको निधन भएको थियो ।

प्रकाशको स्मृती दिवस पारेर नेकपाका नेता तथा कार्यकर्ताहरु प्रचण्ड निवास खुमलटार पुगेर श्रद्धाञ्जली दिएका छन् ।

प्रकाशकी दुई दिदि गंगा दाहाल र रेणु दाहालले फेसबुकमार्फत गहिरो समवेदना प्रकट गरेका छन् । जेठी दिदी गंगाले प्रकाशको निधनले परिवारलाई ठुलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बाबु कसरी लेखुँ तिम्रो अभावमा परिवारको कस्तो अवस्था छ, तिमिले छोडेको जिम्मेवारी पुरा गर्ने कोशिस गर्दै छु । आइ मिस यू इभ्री सेकेण्ड, रेस्ट इन पिस ।

भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी रेणु दाहालले पनि सामाजिक संजालमार्फत भाईको स्मरण गरेकी छिन् । ‘दोश्रो स्मृती दिवस , भावपुर्ण श्रद्धाञ्जली बाबु, आइ मिस यू बाबु’

Trending News