मन्त्रीमण्डल फेरवदलबारे प्रचण्डको स्पष्टोक्ति– ‘भ्रममा नपरौँ, यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो’

मन्त्रीमण्डल फेरवदलबारे प्रचण्डको स्पष्टोक्ति– ‘भ्रममा नपरौँ, यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो’

काठमाडौँ, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल फेरबदलबारे आफुलाई जोडेर विभिन्न भ्रामक समाचारहरु आएको भन्दै त्यसको पछाडी नलाग्न आह्वान गरेका छन् । बुधबार प्रचण्डको निजि सचिवालयले एक विज्ञप्ति जारि गर्दै मन्त्रीमण्डल फेरबदलबारे आएका भ्रामक समाचारको खण्डन गरेको हो ।

‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ,’ प्रचण्डको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि, अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन चाहेको र खानेमन्त्री विना मगरलाई यथावत राख्न चाहेको तर त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको समाचार बाहिर आएको थियो ।

Trending News