उत्तराखण्डका मुख्यमन्त्रीले भने ‘कालापानी भारतको हिस्सा हो’

उत्तराखण्डका मुख्यमन्त्रीले भने ‘कालापानी भारतको हिस्सा हो’

काठमाडौँ, मंसिर ३ । भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतकै रहेको दावि गरेका छन् । भारतीय संचारमाध्यम अमर उजालासँग कुरा गर्दै मुख्यमन्त्री रावतले कालापानी भारतकै रहेको र भारतकै रहने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममार्फत कालापानी नेपालकै रहेको र त्यहाँबाट भारतीय सैनिक हटाउन आग्रह गरेपछि भारतीय संचारमाध्यमहरुमा तरंग पैदा भएको थियो । सोही प्रसँगमा उत्तराखण्डका मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई खण्डन गर्दै कालापानी भारतकै हिस्सा रहेको बताएका हुन् ।

भारतले कालापानी–लिपुलेकलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुपमा नक्शा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले त्यसबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

Trending News