काठमाडौं, ४ मंसिर । मन्त्रीहरुलाई बर्खास्त गर्ने तथा नयाँ मन्त्री मण्डल विस्तारको चर्चा चलिरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले मन्त्री मण्डल हेरफेरबारे आज निर्णय गर्ने जनाइएको छ ।
सचिवालय बैठक शुरु हुनु केही बेरअघि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका थिए । उनीहरुले मन्त्री मण्डल हेरफेरबारे राष्ट्रपतिबाट समेत सहमति लिएको बताइएको छ ।