रुसी राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउँदै

रुसी राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउँदै

काठमाडौँ, मंसिर ६ । रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउने भएका छन् । एक महिनाअघि चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेपछि अर्का शक्तिशाली राष्ट्रपति पुिटनले नेपाको भ्रमण गर्न लागेका हुन् ।

स्रोतका अनुसार पुटन आगामी पुसको दोस्रो साता नेपाल आउने छन् । भ्रमणको मिति भने तय भइसकेको छैन । रुसबाट डिसेम्बर अन्तिम सातामा पुटिन नेपाल आउने कुरा चलिरहेको सरकारी उच्च स्रोतले बताएको छ ।

राष्ट्रपति पुटिन तीन दिने नेपाल भ्रमणको लागि आउने तयारी रहेको छ । नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमण तयारी गरेको बताइएको छ । शुक्रबारको नेपाल समाचारपत्रमा खबर रहेको छ ।

Trending News