भक्तपुर क्यान्सर अस्पतालमा झडप, मेयरले एकलौटी नेतृत्व हत्याउन खोजेको आरोप

दियो पोस्ट  

भक्तपुर, मंसिर ८ । भक्तपुर अस्पतलामा व्यवस्थापनको विषयलाई लिएर विवाद चर्किएपछि झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रमेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।

अस्पताल प्रशासनले अनियमितता गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ती जनाउँदै आएका थिए ।

अस्पतालमा अनियमितता भए छानबिन हुनुपर्नेमा नगरपालिकाको नेतृत्व भएकै आधारमा मेयरले पार्टीगत रूपमा एकलौटी नेतृत्व हत्याउने र कब्जा जमाउने कोसिस भएको काँग्रेसको धारणा रहेको छ ।

अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप छ ।