विप्लवपुत्र प्रकाश चन्द बस्ने होस्टलमा पेस्तोल भेटियो

दियो पोस्ट  

चितवन । चितवन मेडिकल कलेजको होस्टेलमा पेस्तोल फेला परेको छ । कलेजले भरतपुर महानगरपालिका ५ मा संचालन गर्दै आएको होस्टेलमा पेस्तोल भेटिएको हो ।

विशेष सुचनाका आधारमा चितवन प्रहरीले मेडिकल कलेजको होस्टेलमा छापा मार्दा मेड ईन युएसए ( एमएम) लेखिएको पेस्तोल फेला पारेको हो । जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लका अनुसार त्यसमा लाग्ने २ राउण्ड गोली र ७ राउण्ड खोका समेत बरामद भएको छ ।

उक्त होस्टेलमा नेत्र बिक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द वस्दै आएका छन् । प्रहरीले सो पेस्तोल चन्दको हुन सक्ने आशंका गरेको छ ।

यस घटनाको थप अनुसन्धान भईरहेको पनि मल्लले वताएका छन् ।

कलेज प्रशासनले पनि यस घटनाको घोर भत्र्सना गरेको छ । कलेज प्रशासनले एक विज्ञप्ती जारि गर्दै घटनामा संलग्न जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउनका लागि माग गरेको छ । सीएमसीले भने यस्तो गैह्रकानुनी काममा कलेजका विद्यार्थीको संलग्नता नभएको दावि गरेको छ ।