गाडीले ठक्कर दिएपछि इशान अस्पतालका डाक्टर जोशीको घटनास्थलमै मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर ८ । इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको छ । आइतबार बिहान मर्निङवाकमा निस्किएका डाक्टर जोशीलाई बानेश्वरमा गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

संसद भवनको दक्षिण गेटमा विहान पौने ६ बजे डाक्टर जोशीलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो । घटनापछि डाक्टर जोशीलाई सिभिल अस्पताल पुर्याइएको भएतापनी अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । महानगरिय प्रहरी वृत्त तिनकुनेको अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ ।

डाक्टर जोशी बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि परिवारसँग बस्दै आएका थिए ।

सम्बन्धित खबर

सिफारिस