
धादिङ, मंसिर ८ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको बैरेनी बजारमा यात्रुवाहक बस दुर्घटना भएको छ । आइतबार विहान काठमाडौँबाट बारातर्फ हिँडेको बा २ ख ६२६८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटकी डोल्मा तामाङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । जसमध्य १३ जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याइएको छ भने चार जना भने सामान्य उपचारपश्चात घर फर्किएका छन् । बसका चालक शुसिल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार वैदवारले बताएका छन् ।