टायर फुस्किएपछि धादिङको आलडाँडामा फोर्स गाडी पल्टियो, १४ जना घाइते

दियो पोस्ट  

धादिङ, मंसिर ८ । धादिङको निलकण्ठ नगरपालिका–१३ आलडाँडामा यात्रुबाहक फोर्स दुर्घटना भएको छ । जिल्लाको दार्खाबाट सदरमुकाम आउँदै गरेको ग १ ज ६७५३ नम्बरको फोर्स गाडी सडकबाट करिब २० मिटर तल खसी दुर्घटनाग्रस्त भएको हो ।

गाडीको अगाडीको टायर फुस्किएरपछि दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक सरोज राईले घटनास्थलबाट दियोपोस्टलाई जानकारी दिएका छन् । प्रहरी निरिक्षक राईका अनुसार सडकबाट खसेको फोर्सगाडी रुखमा अड्किएको कारण ठुलो क्षति हुनबाट जोगिएको हो ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ पुर्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।