डायलासिस गर्न प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि पुन अस्पताल पुगेका छन् । मृगौलाको नियमित डायलासिस गर्नका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी छिन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने आफुले यसवारे जानकारी पाइनसकेको भन्दै बुझेर मात्रै खवर गर्ने बताए । यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्र्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।

सम्बन्धित खबर

सिफारिस