
काठमाडौँ, मंसिर ९ । नेपाली राष्ट्रिय फुटबल टिमका तीन जनालाई एन्फाले कारवाही गरेको छ । राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिमगर, अञ्जन विष्ट र अर्का खेलाडी दिनेश राजवंशीलाई एन्फाले कारवाही गरेको हो । कारवाही पछि तीनै जना खेलाडीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् ।
विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलअघि घर गएका उनिहरु ठमेलको नाइट क्लबमा भेटिएका थिए । नाइट क्लवमा भेटिएपछि उनिहरुलाई एन्फाले अनुशासन कारबाही गरेको हो । उनिहरुमाथिको कारवाही यथावत भएपछि तीनै जनाले साग समते गुमाउने भएका हुन् ।
साग टिमका प्रशिक्षक बालगोपाल महर्जनका अनुसार तीन खेलाडीको स्थानमा नयाँ खेलाडी राखिने भएको छ । विमल, अञ्जन र दिनेशको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।