विमानस्थलबाट १ लाख ५९ हजार अवैध रियाल सहित भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर ९ । त्रिभुवन विमानस्थलबाट अवैध रकम सहित एक जना भारतीय पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट दुबई जान लागेका ४७ बर्षीय अस्फक मिर्जालाई आइतबार साँझ विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रमा मिर्जाको झोलाभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको ५ सय दरका तीन सय १८ थान गरि १ लाख ५९ हजार बराबरको साउदी रियाल फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिजारलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।