मेडिकल कलेजविरुद्ध सरकारको एक्सनः २४ घण्टाभित्र शुल्क फिर्ता नगरे कारवाही गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर ९ । सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध सरकारले आक्रमक निर्णय लिएको छ । पटकपटकको ध्यानाकर्षणलाई कलेज संचालकहरुले बेवास्ता गरेपछि सरकारले त्यस्ता मेडिकल कलेजहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधीवक्ता अग्नि खरेल, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको संयुक्त उपस्थिततिमा बसेको वैठकले विद्यार्थीबाट लिइएको अतिरिक्त रकम मंगलबारसम्म फिर्ता नगर्ने कलेजहरुलाई आवश्यक कारवाही गर्ने निर्णय गरेको होे ।

यसअघि गत असोज र कात्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरु सहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसिमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसिमा भोली सकिदैँछ ।

गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।

सम्बन्धित खबर