बिरामीलाई बलात्कार प्रयास गरेको अभियोगमा मेडिसीटी अस्पतालका डाक्टर पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर ९ । बलात्कार प्रयासको अभियोगमा ललितपुरस्थित मेडिसिटी अस्पतालका डाक्टर पक्राउ परेका छन् । अस्पतालमा उपचार गर्न आएको युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको हो ।

आइतबार उपचारको लागि अस्पताल पुगकी यवतीले उपचार गर्नुको साटो उनको छातीमा हात लगाएको आरोप लगाएकी छिन् । डाक्टरले आफुसँग दुव्र्यबहार गरेपछि आफ्नो श्रीमानसँग घटनाको बारेमा बताएकी थिईन् । श्रीमानकै सल्लाहमा अस्पतालको डाक्टरबिरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

उजुरीपछि डाक्टर झालाई अस्पताल परिसरबाटै पक्राउ गरिएको महानगरिय प्रहरी परिसरले जनाएको छ । कार्यलय समय सक्किएपछि पक्राउ गरिएको हुँदा डाक्टर झालाई म्याद थप गर्न नभ्याइएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान गरिने बताइएको छ ।

सम्बन्धित खबर