काठमाडौँ , मंसिर ९ । त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने विद्यार्थीबाटै कुटिएका छन् । सोमबार क्याम्पस प्रवेश गर्नेबित्तिकै प्रमुख न्यौपानेमाथि विद्यार्थीको हुलले आक्रमण गरेका थिए ।
विद्यार्थीको हुलले आक्रमण गरेपछि क्याम्पस प्रमुख न्यौपाने गम्भिर घाइते भएका छन् । उनलाई उपचारको लागि वीर अस्पताल लगिएको थियोे ।
क्याम्पस प्रमुखमाथि भएको आक्रमणमा संलग्न रहेको भन्दै महानगरिय प्रहरी परिसरले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका क्याम्पस संयोजक गोविन्द थपलिया र मनराज थापा रहेका छन् ।
विद्यार्थीहरुले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै सोमबार बिहान कलेज परिसरमा प्रमुखमाथि नै आक्रमण भएको हो ।
क्याम्पस प्रमुखमाथि नै आक्रमण भएपछि क्याम्पसका अन्य विद्यार्थी संगठन र प्राध्यापकहरुले घोर भत्र्सना गरेको छ । यस विषयलाई लिएर सामाजिक संजालमा समेत नेकपालाई जोडेर चर्को आलोचना भएको छ ।