प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै शल्यकृया गरिँदै

दियो पोस्ट  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस’ भएको उपचारमा संलग्न डाक्टरले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका क्रममा ‘एपेन्डिसाइटिस’ देखिएको र आजै शल्यकृया गरिने डा. अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको र अप्रेसनको तयारी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।