दाङ, मंसिर १० । दाङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–६ बचेनीबाट प्यूुठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस सडक दुर्घटना भएको हो ।
दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । घटनास्थलमा मृत्यु भएकी अञ्दाजी २५ बर्षीया महिलाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।