प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाइयो, स्वास्थ्य सुधारोन्मुख

दियो पोस्ट  

काठमाडौँ, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेन्टिलेटरबाट हटाइएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटीसको अपरेसन गरेपछि प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बुधबार स्वास्थ्यमा सुधार आएपछि भने उनलाई भेन्टिलेटरबाट सारिएको छ ।

उनको उपचारको लागि खटिएका चिकित्सकहरुले प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राखेर उपचार गराउनुपर्ने बताएका छन् ।