काठमाडौं, ११ मंसिर । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको यात्रुवाहक बस भिरबाट खसेको छ । जिल्ला स्थित नुरपानी भन्ने ठाउँमा लुन २ ख २१४८ नम्बरको बस भिरबाट खसेपछि ८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।
बस भिरबाट करिब १ हजार मिटर तल खसेको जनाइएको छ ।
बसमा ३० देखि ३५ जना यात्रु रहेको र गम्भिर घाइते ११ जनाको उद्दार भएको जनाइएको छ । उनीहरुलाई बुटवल स्थित अस्पथाल पठाइएको छ ।