काठमाडौँ, मंसिर १३ । दक्षिण एसियाली खेलकुद ( साग ) को १३ औँ सस्करण शुरु भए लगत्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँको रिङरोडभित्र चल्ने सवारी साधनहरुलाई जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ ।
खेल अवधीभर ट्राफिक व्यवस्थालाई चुस्त द्रुस्त बनाउनका लागि महाशाखाले मंसिर १४ र २५ गते जोर बिजोर प्रणाली लागु गर्ने जनाएको छ । जस अनुसार मंसिर १४ मा बिजोर नम्बरप्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ भने मंसिर २४ गते जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
जोर बिजोर प्रणाली सम्पुर्ण नीजि तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु हुने महाशाखाले जनाएको छ । नियम कार्यन्वयन नगर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिने र कानुनअनुसार कारवाही गर्ने महाशाखाले जनाएको छ ।