
एजेन्सी । बेलायतमा रहेकी नेपाली मुलकी फुटबलर अस्मिता आलेले एस्टन भिल्लाबाट व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । शुक्रबार राति इंग्लिस क्लव एस्टन भिल्लाले अनुवन्ध गरेपछि अस्मितालाई व्यवसायिक फुटबल खेल्ने ढोका खुलेको हो ।
एस्टन भिल्लाकै एकेडेमीमा ८ बर्षको उमेरदेखि फुटबल सिक्दै आएकी अस्मितालाई १० बर्षपछि सोही क्लवले अनुवन्ध गरेको हो । डिफेन्डरको भूमिकामा खेल्ने अस्मिताले उमेर समुहको टिममा रहेर खेल्दै आएकी थिईन् जहाँ उत्कृस्ट फुटबल प्रदर्शन गरेपछि उनलाई क्लबले सम्झौता गरेको हो। कति रकममा सम्झौता भएको हो भने क्लबले सार्वजनिक गरेको छैन।
“मेरो लागि फुटबललाई कामको रुपमा खेल्न पाउनु सपना थियो र म अत्यन्त खुसि छु कि आफ्नै क्लब को लागि खेल्ने अवसर मिल्यो। यो कुराले मलाई निकै आत्मविश्वाश दिएको छ कि एस्टन भिल्ला र स्टाफहरुले मलाई उज्ज्वल भविष्यको लागि स्थान दिएको छ।”
२०१७÷१८ को सिजनमा अस्मिताले एस्टन भिल्ला टिम व्यवस्थापन, खेलाडी र समर्थकहरुको मन जितेका कारण एस्टन भिल्लाले टिममा लिएको हो।

अस्मिताले इंग्ल्याण्डको उमेर समुह टिममा समेत रहँदै आएकी छिन्। यस क्रममा उनि युएएफए वुमेन्स अन्डर–१९ च्याम्पियनसिप छनौटको लागि इंग्ल्याण्डको टिममा समेत परेकी थिईन्।
एस्टन भिल्ला महिला टिमका मुख्य प्रशिक्षक गेम्मा डेभिसले अनुबन्ध पछि अस्मिता टिमको महत्वपूर्ण सदस्य हुनेमा विस्वास व्यक्त गरेकी छिन्।
पुर्ख्यौली घर तनहुँ दमौली रहेका गोर्खा सैनिक अमृत आलेकी छोरि अस्मिता बेलायतमा हुर्केकी हुन्।