थवाङबाट नेकपाका उम्मेदवार फराकिलो मतान्तरले विजयी

दियो पोस्ट  

रोल्पा, मंसिर १४ । रोल्पाको थवाङ गाउँपालिका–१बाट नेकपाका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जनकबहादुर बुढा फराकिलो मतान्तरले विजयी भएका छन् ।

कुल मतदातामध्य १६.४ प्रतिशत मतदातामात्रै मतदानमा सहभागी भएका थिए । कुल एक हजार २ सय ७४ मतदाता भएको उक्त वडामा २ सय ९ मत मात्रै खसेको थियो । खसेको मतमध्य नेकपाका उम्मेदवार बुढाले एक सय ७४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत मात्र ल्याएका थिए भने ९ मत बदर भएको थियो ।

सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वका नेकपाले चुनावमा भाग नलिनका लागि मतदाताहरुलाई आह्वान गरेको बताइएको छ । स्रोतका अनुसार विप्लवका कार्यकर्ताहरुले प्रत्येक मतदाताको घरमा पुगेर निर्वाचनमा भाग नलिनका लागि आग्रह गरेका थिए । सोही कारण थवाङमा अन्यन्तै न्युन मत खसेको हो ।