कञ्चनपुरको पुनर्वासमा पनि नेकपा उम्मेदवार विजयी

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर १४ । कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले विजय हाँसिल गरेको छ । शनिबार मतदान सक्किएलगत्तै गरिएको मतगणनामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मतसहित विजयी हुँदै वडाध्यक्षमा चुनिएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय ७० मत मात्र ल्याए । त्यस्तै यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् ।

शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो ।