काठमाडौँ, मंसिर १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वडाध्यक्ष पदमा लगातार तेस्रो बाजी मारेको छ । सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका उम्मेदवार धर्मे बुढाथोकी निर्वाचित भएसँगै नेकपाले तीन वडाध्यक्ष पदमा विजय हाँसिल गरेको हो ।
कुल ११ सय २४ मत मध्य वडाध्यक्षमा निर्वाचित भएका बुढाले ७ सय ९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहराले २ सय ५१ मत मात्रै प्राप्त गरे । त्यस्तै राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरे ।
कुल मतमध्य ६० मत बदर भएको छ ।
यसअघि नेकपाको तर्फबाट रोल्पाको थवाङ र कञ्चनपुरको पुनर्वासबाट दुई जना उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।