१३ औँ सागः महिला भलिबलमा नेपालको ऐतिहासिक जित, फाइनलमा भारतसँग भिड्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर १४ । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले एक पदक पक्का गरेको छ । महिला भलिबलमा शनिबार उत्कृष्ठ प्रदर्शन गर्दै नेपाली महिला खेलाडीहरुले पदक पक्का गरेका हुन् । श्रीलंकालाई सोझो सेटमा हराउँदै नेपाली महिला टोली फाइनल प्रवेश गरे सँगै नेपालले पहिलो पदक पक्का भएको हो ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो । प्रतिभा मालीले ७ र सरस्वती चौधरीले ६ अंक जोडिन् ।

दोस्रो सेटमा २५–१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-२१ मा तेस्रो सेट जित्यो ।

अब नेपालले भारतसँग खेल्नेछ र, यो समूह चरणमा व्यहोरेको हारको बदला लिने मौका समेत हो । समूह चरणमा नेपाल भारतसँग ३–० को सेटमा पराजित भएको थियो ।

सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।

सिफारिस