देउवाकै नेतृत्वमा सरकार बन्ने सञ्चारमन्त्री कार्कीको दाबी

दियो पोस्ट  

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ण शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

सुनसरी ४ बाट निर्वाचित भएपछि बिहिवार पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

कार्कीले मतदाताले आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिए । उनले एमालेका उम्मेदवार जगदिश कुसियैतलाई ११२ को मतान्तरले पराजित गरेका छन् । उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए ।

उनले भने,“मैले धेरै काम गरेको छु । त्यसैको आधारमा विजय गराउनुभएको छ । आगामी दिनहरुमा पनि उनले मतदाताको सल्ला सुझाव लिने बताए ।

सम्बन्धित खबर