छोराछोरी विद्यालय गएको मौकामा घाँटी रेटेर श्रीमतीको हत्या, प्लास्टिकमा टाउको बोकेर बजार प्रदर्शन

दियो पोस्ट  

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–३ तोक्मा घर भएका ३८ वर्षीय अम्बरबहादुर आले मगर गत भदौमा नेपाल आए । त्यसअघि उनि रोजगारीका लागि ८ वर्ष दुवई र मलेसिया बसेका थिए । विदेशबाट फर्किएको १४ महिनापछि उनले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मंगलबार दिउँसो धारिलो हतियार ‘हसिया’ले घाँटी रेटेर अम्बरबहादुरले आफुनै ३० वर्षीया श्रीमती मिना आले मगरको हत्या गरेका हुन् ।

उनीहरूका ११ वर्षीय एक छोरा र ८ वर्षीय छोरी छन् । छोराछोरी विद्यालय गएको मौकामा मंगलबार दिउँसो करिब ३ बजेतिर अम्मरबहादुरले श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन् । हत्या गरेपछि उनले आफ्नो छिमेकीहरुलाई सुनाएका थिए । आफुले श्रीमतीको हत्या गरेको दाबी गर्दै श्रीमतीको टाउको बोकेर आफै प्रहरी कार्यालयतिर लागेको पञ्चश्वर नगरपालिका ३का वडाअध्यक्ष बलबहादुर रोकायले जानकारी दिए । स्थानीयले प्रहरीलाई खबरगरेपछि इलाका प्रहरी कार्यालय बबियाचौर जाँदै गर्दा उनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार श्रीमतीको हत्या गरेर टाउको प्लाटिकमा राखी इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा उनि पक्राउ परेको हो ।

हत्याको कारण अविश्वास र शंका !
विदेशबाट फकिएयता अम्बरबहादुर र मिनाको सम्बन्ध चिसिएको थियो । वैदेशिक रोगजारबाट कमाएर ल्याएको रकम हिनामिना भएको र अन्य व्यक्तिसँग लागेको शंकाका कारण अम्बरबहादुर र उनकी श्रीमतीबिच दिनहुँ झै-झगडा हुने गरेको स्थानीय स्रोतको दाबी छ । आर्थिक हिसाकिताब र श्रीमतीको अविश्वासका कारण बेला–बेला दुईजनाबीच झगडा हुँदै आएको वडा नम्बर–३ का वडाध्यक्ष बलबहादुर रोकायले जानकारी दिए । वडाअध्यक्ष रोकायका अनुसार झगडाका कारण मिना भागेर माइत गएकी थिइन् । माइतबाट आएको दुई दिनमा उनको हत्या भएको हो । ‘नजिकका छिमेकी र आफन्तलाई बुझ्दा अपरिचित व्यक्तिको फोन र आर्थिक हिसाबकिताब कै कारण एक वर्षदेखि उनीहरूको झगडा हुँदै आएको रहेछ,’ वडाध्यक्ष रोकायले भने, ‘झगडा हुँदा मिना भागेर माइत गएकी रहेछन् । अम्मरबहादुर आफैँ लिन गएका रैछन् । ल्याएको दुई दिनमा त हत्या नै भएछ ।’

वैदेशिक रोजगारीमा गएका श्रीमानले श्रीमतीको विश्वास नगर्दा र आपसी झगडाका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लुखेको छ । ‘आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेको र दुईजनाबीच शंका उपशंका हुँदा हत्या गरेको अम्मरबहादुरले बयानमा बताएका छन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरिक्ष्ँक (डिएसपी) सुरज कार्कीले भने, ‘उनलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ।’