समानुपातिक प्रणालीको धज्जी : होली वाइन पिलाउने एकनाथ ढकालदेखि रेमिट व्यापारीसम्म सांसद !

खुमा ओली  

काठमाडौं । विभिन्न ऐतिहासिक कालखण्डदेखि उत्पीडनमा परेका क्षेत्र, लिंग, समुदाय र जातलाई राज्यको निति निर्माण तहमा पुर्याउने उद्देश्यले समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्था भएको हो । नेपालको संविधानले नै समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाको जग निर्माण गरेको छ । तर, समानुपातिक प्रणालीलाई आफन्त, नातागोता र स्वार्थको द्वन्दमा क्रियाशिल हुनेहरुको भर्ति केन्द्र बनाएको आभास भएको छ ।

दलहरुले समानुपातिक सांसदको सूचीमा विवादित पृष्ठभूमिका व्यक्तिदेखि आफ्ना आफन्तहरुलाई भर्ति गरेका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ सिटको पुर्ण परिणाम सार्वजनिक भएको छ । त्यस्तै प्रदेश समाको सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो दल, नेकपा (एमाले) दोस्रो दल, माओवादी केन्द्र तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बनेको छ ।

प्रतिनिधि सभा तर्फको मतपरिणाम समेत सार्वजनिक भईसकेको छ । समानुपातिक तर्फ थ्रेसहोल्ड कटाएका ७ दलहरु राष्ट्रिय पार्टी बनेको छ । समानुपातिक तर्फ नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो, नेकपा माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्रपार्टी चौथो, राष्ट्रिय प्रजातान्त्रिक पार्टी पाँचौ, जनता समाजवादी पार्टी छैटौँ र जनमत पार्टी सातौ दल बनेको हो । समानुपातिक मतमार्फत राष्ट्रिय दल बनेका पार्टीहरुलाई शनिवार सम्म समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम पठाउन उर्दि दिएको थियो । आयोगको उर्दिसँगै दलहरुले बन्दसुचि भित्र रहेका उम्मेदवारहरुको सार्वजनक गरेको छ ।

यद्यपी निर्वाचन आयोगले त्यी नाम सार्वजनिक गरेको छैन । तर विभिन्न सञ्चारमाध्यममा विभिन्न दलले बुझाएका नामहरू पुरानै र समानुपातिक प्रतिनिधित्वमा पर्नु नपर्ने खालका आएको भन्ने विवरणहरू सार्वजनिक भएका छन्। ती विवरणलाई लिएर सामाजिक सञ्जालहरूमा पनि आलोचना भएका छन्।

समानुपातीक प्रणाली भनेको देशका सबै वर्ग जातजातिहरूले सङ्ख्याको आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने व्यवस्थालाई समानुपातिक प्रतिनिधित्व हो । अल्पसङ्ख्यक, सीमान्तकृत एवं बहिष्कारमा परेका समुदायलाई राज्य निर्माणको मूलधारमा ल्याउने माध्यमका रूपमा हेरिने समानुपातिक प्रतिनिधित्वको अवधारणा २०६४ सालको संविधानसभा चुनावमा पहिलोपटक प्रयोग गरिएको थियो ।

राज्यसत्ताबाट पाखा पारिएको वर्ग, क्षेत्र, लिङ्ग र जातिको प्रतिनिधित्व संसद्मा होस् भनेर संवैधानिक व्यवस्था गरिएको हो । समाजमा पछि परेका, पछाडि पारिएका अर्थात् कमजोरहरूका लागि बनाइएको यो प्रणालीको व्यापक दुरुपयोग गरिएको छ । जसका लागि यो प्रणाली लागु गरियो, त्यो वर्ग, समुदाय र क्षेत्र भने अझै पनि अधिकारबाट वञ्चित छ ।

ती वर्ग र समुदायको नाममा अरू कसैले स्थान ओगटिरहेका छन् । सबै जाति, क्षेत्र, समुदाय, लिङ्गको प्रतिनिधित्वका लागि मिश्रित प्रत्यक्ष र समानुपातिक प्रणालीलाई निरन्तरता दिइयो । तर, व्यवहारमा समानुपातिक प्रणाली त नेताहरूका आफन्त, नातागोता, कारोबारी (व्यापारी) संसद्मा छिर्ने माध्यम बनाएर यसलाई विकृतिको स्रोतमा रुपान्तरित गरियो र अहिले पनि गरिहेका छन् । कुनै खास वर्ग वा जातजातिहरूलाई सिट छुट्याइए पनि त्यसभित्र लक्षित वर्गलाई नसमेटिएको समेटिएकै छैन ।

राजनीतिक दलका नेताहरुले शुरुदेखि नै समानुपातिक निर्वाचन प्रणालीलाई विकृत बनाउँदै आएका छन् । राजनीतिक दलहरुको चालचलन, सोच र प्रवृत्ति हेर्दा अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यो प्रणाली आफ्ना भाइ, भतिजा, छोरा, बुहारी, नातागोता, चाकडी–चाप्लुसी गर्नसक्ने कार्यकर्ता र राजनीतिक दललाई चन्दा दिने ठूला व्यापारीको कब्जामा पर्ने पक्कापक्की छ ।

 

समानुपातिकबाट सांसद बन्नेको सुचीमा कुनै समय होली वाइन पिलाउने विवादित क्रिश्चियन धर्मका अभियान्ता एकनाथ ढकालदेखि प्रधानमन्त्री देउवाका पत्नि आरजु राणा सम्म छन् । त्यति मात्रै होइन आफूलाई नयाँ फरक पार्टी बताउने भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले त रेमेट्यान्सको धन्दा गर्ने डोल प्रसाद अर्याललाई खस आर्यबाट पहिलो नम्बरमा सिफारिस गरेको छ ।

 

यी हुन् ७ दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार
१. एमालेबाट ३४ जना उम्मेदवार १९ जना महिला

खस आर्यबाट ११ जना
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौदी
दयालबहादुर शाही (खस आर्य)
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला

आदिवासी जनजातिबाट १० जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
नैनकला थापामगर
सुर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ति
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ

दलित ५ जना
ईश्वरबहादुर रिजाल (विक)
प्रभु हजारा दुसाध
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी

मधेशी ५ जना
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी

थारु २ जना
सत्यनारायण चौधरी
अस्माकुमारी चौधरी
मुस्लिम १ जना
रुही नाज

२. काँग्रेसबाट ३२ जना (२९ जना महिला)

खस आर्यबाट १० जना
प्रकाशशरण महत
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना
गोपालमान श्रेष्ठ
सरस्वती वजियम
लिलादेवी वोखिम
सिताकुमारी राना
सुशिला तामाङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन

दलित ५ जना
शान्ती विक
रुपा विक
सीता मिजार
आशा विक
विष्णुमाया परियार

मधेशी ५ जना
बिमलेन्द्र निधी
नागिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल

थारु २ जना
कल्पना चौधरी
विनाकुमारी थनेत

मुस्लिम १ जना
जावेदा खातुन

३. माओवादीबाट १४ जना (१२ जना महिला)

खस आर्य ४ जना
हितराज पाण्डे
पेशल खतिवडा
ज्ञानु बस्नेत
बिमला सुवेदी

आदिवासी जनजाति ४ जना
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी
छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित २ जना
सुशिला श्रीपाईली
पार्वती विक

मधेशी २ जना
मिना यादव
उमरावतीदेवी यादव

थारु १ जना
रुपासोसी चौधरी

मुस्लिम १ जना
कल्पना मियाँ

४.रास्वपाबाट १३ जना (४ जना महिला)
खस आर्य ४ जना
डोलप्रसाद अर्याल
गणेश कार्की
दिपक बोहोरा
डा.चन्दा कार्की

आदिवासी जनजाति ३ जना
इन्दिरा रानामगर
डा.ढाकाकुमार श्रेष्ठ
मेघबहादुर आले

दलित २ जना
सन्तोष परियार
कल्पना रोक्का

मधेशी २ जना
मनिष झा
लक्ष्मी तिवारी

मुस्लिम १ जना
असिम साह

थारु १ जना
अशोक चौधरी

पिछडिएको क्षेत्र १ जन
विनिता कठायत

५. राप्रपाबाट ७ जना (५ जना महिला)
खस आर्य २ जना
पशुपति शम्शेर जबरा
प्रकाशचन्द्र लोहनी
आदिवासी जनजाति २ जना
विना लामा
विनिता मगैया

दलित १ जना
अनिसा नेपाली

मधेशी १ जना
विना जयसवाल

मुस्लिम १ जना
नाजीया खातुन

६. जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)
खस आर्य १ जना
प्रकाश अधिकारी

आदिवासी जनजाति १ जना
सुशिला श्रेष्ठ

दलित १ जना
सावित्रा विक

मधेशी १ जना
रञ्जुकुमारी झा

मुस्लिम १ जना
शहनाज रममान

७. जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)
खस आर्य १ जना
धनबहादुर बोहोरा

आदिवासी जनजाति १ जना
दयाराम प्रजापती

दलित १ जना
राजेशकुमार मण्डल

मधेशी १ जना
अनितादेवी शाह

मुस्लिम १ जना
जलेखा विवि