देउवालाई एक्लै भेटेर रामचन्द्रले भने– मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्

दियो पोस्ट  

काठमाडौं । चुनाव सकिए लगत्तै शिर्ष नेताहरु लगायत बाह्य शक्ति केन्द्रहरुको पनि  भेटघाट बाक्लो देखिएको छ । सोही क्रममा भावी प्रधानमन्त्रीका आकांक्षी रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा भेट गरेका छन् । आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरे । स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उनले गरे । साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको समेत उनले बताए ।