प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने, कसलाई कुन मन्त्रालय ?

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारमा तीन उपप्रधानमन्त्री हुने भएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा भएको सात दलीय सत्ता गठबन्धनको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय लिएको हो ।

यसअघि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री हुने पक्का भइसकेको छ ।

नारायणकाजी र विष्णु पौडेलको मन्त्रालय तय भइसकेको छैन । पौडेल अर्थमन्त्री हुने सम्भावना बलियो छ । श्रेष्ठको मन्त्रालयबारे गठबन्धनले निर्णय गरिसकेको छैन ।

यता रास्वपा सभापति लामिछानेले भने आफूलाई गृहमन्त्राल चाहिने कुरा बैठकमा राखेका छन् । उनले बैठकपछि बोल्दै आफूले गृहमन्त्रालयमा दाबी गरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री र थप केही मन्त्रीहरुले आजै अपरान्ह ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

यो पनि

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने