उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् ।

मन्त्रालय बागबन्डाका लागि चलिरहेको सत्तासाझेदार दलहरूको बैठकमा लामिछानेले सुरुदेखि नै उपप्रधानसहित गृह मन्त्रालय दाबी गरिरहेका थिए ।

उपप्रधानसहित गृहमन्त्रीमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दाबी रहेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले विकल्पमा परराष्ट्र मन्त्रालय रोजेकाले लामिछानेले गृह मन्त्रालय पाउने भएका हुन् ।

यो पनि

प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने, कसलाई कुन मन्त्रालय ?