झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ जिल्लाको मेचिनगर नगरपालिका–६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्य रहेका छन् ।
आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको
भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार
आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।