काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा सन्देश शर्मालाई उच्च अदालत पाटनले १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ ।
जिल्ला अदालतविरुद्ध उच्च अदालत गएका शर्मासहितको सुनुवाइ सकेर उच्च अदालतले शुक्रबार यस्तो आदेश गरेको हो ।
त्यस्तै उच्च अदालतले हरिभक्त महर्जनसँग १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
साथै यस नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।