काठमाडौं । चितवनको भरतपुर नगरपालिका वडा नम्बर २५ मा हात्ति आतंकले दुई घर भत्किएका छन् । स्थानिय राजेन्द्र भूजेल र यमलाल विश्वकर्माको घर भत्किएको हो ।
शनिबार राती आएको हात्तीले घर मात्रै भत्काएको छैन उनीहरुको घरबाट धान चामल समेत लिएर गएको छ ।
हात्तीले घर भत्काएपछि दुई परिवार बेघर भएका छन् । स्थानिय अमर विश्वकर्माका अनुसार हात्तीको आतंक अझै कम भएको छैन । स्थानिय प्रशासनले पीडित परिवारलाई कुनै राहत र सुरक्षाको जिम्मा हालसम्म पनि नलिएको बताइन्छ ।