श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

दियो पोस्ट  

सिरहा । श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रमा लिएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही जिल्लाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोज रहेका छन् ।

भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोटसहित फेला पारी बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएको
हो ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।