आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

दियो पोस्ट  

बागलुङ । बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेकबा छन् ।

जिल्लाको नगरपालिका– १३ बस्ने हरि सिंह नेपालीले आफ्नै ५० वर्षीया सितली शाहीको हत्या गरेको आरोपमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर घाइते भएकी थिइन् ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाएकोमा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।