बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दियो पोस्ट  

रूपन्देही । रूपन्देहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका-४ सेमरीमा यूपी ५६ एटी ६७२६ नम्बरको बसले लु.५३ प ५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गैडहवा गाउँपालिका-९ बस्ने ३० वर्षीय बिशाल शर्मा रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस