रुकुम पश्चिम हत्याकाण्डः मंगलबारसम्म उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने

दियो पोस्ट  

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा दोस्रो दिन पनि पीडिततर्फका वकिलहरूको बहस हुने भएको छ।

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइमा सोमबार पनि पीडिततर्फका वकिलहरूले बहस गर्ने भएको छ ।

मंगलबारसम्म उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने अदालतले जनाएको छ। मुद्दाको अन्तिम फैसला आउन भने केही दिन लाग्नेछ।