इटहरीमा धारिलो हतियार प्रहार गरी छिमेकीले लिए महिलाको ज्यान

दियो पोस्ट  

विराटनगर । सुनसरीको इटहरीमा छिमेकीले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।

इटहरी उपमहानगरपालिका–२ शान्तिनगर राई टोलकी ६८ वर्षीय मधुमाया पुरीको छिमेकीले हत्या गरेका हुन् ।

घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी पुरीलाई सोही ठाउँ बस्ने सन्तोष खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।