एनसेल शेयर खरिदबिक्रीको चलखेलविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

दियो पोस्ट  

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्याय सार्वजनिक गर्,विवादास्पद एनसेल शेयर विक्रि छानबिन गर्, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, कर छलि गर्नेलाई कारबाही गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका हुन् ।

एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको र झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो । मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदै छ ।

 

सिफारिस