काठमाडौं ः जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहको मिलेमतोमा पर्सा नाका भएर कपडा तस्करी मौलाएको छ । यसअघि रुपन्देही र झापाको सिमा नाकाबाट तस्करी गर्नेहरु एसपीसँग सेटिङ्ग मिलेपछि पर्सामा मौलाएका हुन् ।
राजु थापा भनिने राजेन्द्र थापा, बालकृष्ण पोखरेल, रुन्चे भनिने मदन गुप्ता, भोला शाह र मदन यादवहरु यतिबेला यो नाकाबाट उदाएका छन् । यी तस्करलाई सहजिकरण गर्न नेकपा माओवादी केन्द्रका नेता पुनम यादव लागि परेका छन् ।
कपडा तस्करलाई लिएर यादवले बालुवाटारसम्म पुर्याएको खुलेको छ । उनले तस्करहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहालसँग समेत सेटिङ्ग मिलाएको स्रोत बताउँछ । दाहालले ती तस्करहरुलाई कारोबारमा सहजिकरण गरिदिनु भन्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई निर्देशन दिएको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए । तस्करहरु मध्येका राजु थापाले आफूले गंगा दाहाललाई १ करोड बुझाएर पर्सा नाकाबाट तस्करीको रुट खुलाएको आरोप लगाउँदै आएका छन् ।
थापा यसअघि समेत कपडा तस्करीमा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।
उनले प्रहरीसँग समेत सेटिङ्ग गरेपछि अहिले खुलमखुल्ला जस्तो तस्करी मौलाएको छ ।
एसपी शाहका सिभिल घुमुवा असइ सिताराम खतीवडाले तस्करहरुसँग सेटिङगर्ने गरेका छन् । खडिवडाको दरबन्दी सिन्धुपाल्चोक भएपनि एसपी शाह कै योजनामा उनी पर्सामै छन् ।
तस्करहरुसँग मिलेर सामान छुटाउने र एसपी शाहसँग अगाडी पछाडी हिड्दै आएका अर्का व्यक्ति हुन ओम बुढाथोकी पनि सेटिङ्गमा लागि परेका छन् ।