रुकुम हत्याकाण्डः नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दामा बहस सकियो, केही बेरमा फैसला आउने

दियोपोस्ट संवाददाता

काठमाडौं । रुकम हत्काण्डको मुद्दाको बहस आज सकिएको छ ।

अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दाको बहस सकिएको हो ।

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको नियमित सुनुवाइअन्तर्गत अभियोजनकर्ता (सरकारी पक्ष) र जाहेरीकर्ता (पीडित पक्ष)कोे बहस गरेका थिए।

मंगलबार सुरुमा प्रतिवादीका कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि जाहेरीकर्ताका कानुन व्यवसायीले समेत बहस सकेका हुन्।

जबाफी बहस सकिएपछि न्यायाधीश केसीले केही घण्टामा फैसला आउने जनाएका छन् ।

सम्बन्धित खबर

सिफारिस