
काठमाडौं । नेपाली सेनाका भावी प्रधानसेनापतिका रुपमा अगाडि बढाईएका उपरथी अशोकराज सिग्देलका विरुद दजनौ उजुरी परेको छ । तर जंगी अड्डाले सिग्देल विरुद्धका उजुरी अलपत्र पारिदिएको छ । यही मौका छोपेर सिग्देल विरुद्धमा कुनैपनि सर्वसाधारणले उजुरी दिन प्रतिबन्ध लगाएको छ । उनीविरुद्ध उजुरी दिनका लागि सेनाका अधिकारीले पनि नाम, थर, दर्जा र ठेगाना फोन नम्बर खुलाएर मात्र उजुरी गर्नुपर्ने गरि पूर्ववत मापदण्ड परिवर्तन गरेको छ । मापदण्ड परिवर्तन गरेपछि उजुरी आह्वान गर्नेहरुको मुखमा बुझो लएझै गरेर आईतबार रथी बढुवाका लािग सिफासिरस गरेको हो ।
उजुरीका लागि सर्वसाधारणको मुख थुनेपछि उनको दोहोरो जन्ममितिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासमक्ष गत ६ गते र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा १३ गते उजुरी परेपनि उक्त उजुरी उपर कुनै सुनुवाई भएको छैन ।
सिग्देल विरुद्ध अख्तियारमा मात्रै तीनवटा उजुरी परेका छन् । अख्थियारमा परेको उजुरीमा छिटो भन्दा छिटो क्लिनचिट दिएर बढुवाको सिफारिस भएको भए सेनाभित्रको विवाद चुलिने थिएन । केही व्यक्तिले त्यसतर्फ ध्यान नदिदा सेनामा विवादको सुरुवात भएको हो । यो विवादले सेनामामात्र होईन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छविमा समेत असर पार्ने देखिन्छ । माओवादीले आफ्नो अनुकुल परिणाम निकाल्न सेनामा विवाद निकाल्ने चालबाजी बेलैमा बुझन जरुरी छ । यसले सेनामा रुक्मांगद कटुवाल काण्डभन्दा विन्नरुप लिनेमा आकलन गर्न सकिन्छ ।
उजुरीमा जर्नेल सिग्देलले २०४३ साल, २०५८ र २०७६ सालमा जन्ममिति हेरफेर गरेको उल्लेख गरिएको छ । यस्तो विवादमा जन्ममिति जुन पहिला हुन्छ त्यसैलाई मान्यता दिने चलन छ । तर यस पटक त्यस मान्यतालाई उल्लंघन गरेर जंगी अड्डाले उपरथी सिग्देलको नाम रथिमा बढुवा गर्न लागिएको हो । यसरी जंगी अड्डाले सिफारिस गरेको नाम अहिलेसम्म फर्किएको रेकर्ड छैन । यस पटक नफर्केपनि विवादको सुरुवात भने उत्कर्षमा पुग्ने देखिन्छ ।
उजुरीमा भएअनुसार सिग्देलले रुपन्देही जिल्लाको सिदार्थनगर न.पा.–७, ठेगानामा लिएको नागरिकतामा जन्म मिति २०२१ साल चैत १९ गते भएको उल्लेख छ । त्यसैगरि २०३९ प्रवेशिका परीक्षाको सिम्बोल नम्बर ८८०५९ डब्लुमा दोेस्रो श्रेणीमा उत्तीर्ण गर्दा पनि सोही जन्ममिति कायम छ भने २०४० सालको भदौ÷असोज महिनामा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख अर्थात् त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन नम्बरमा ७०८–८४ मा समेत जन्ममिति उल्लेख छ । उक्त नागरिकता २०४० साल असोज ९ गते बनाएको नागरिकतामा १९ वर्ष उल्लेख गरिएको थियो । त्यतिवेला नागरिकता बनाउदा उमेरमात्र उल्लेख गर्ने चलन थियो ।
उनै सिग्देलले २०४३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रविणता उत्तीर्ण गरेपछि सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख कमलराज सिंह राठौरले क्याम्पसको अभिलेख अनुसार भन्दै उनको जन्ममिति २०२३ साल माघ १९ गते उल्लेख गरी २०४३ साल भदौ १२ गते “जो जससँग सम्बन्धित छ” भन्ने प्रमाणपत्र दिएका थिए । सो प्रमाण क्याम्पसबाट पाएपछि सिग्देलले आफ्नो नागरिकताको प्रमाणपत्रमा उल्लेखित उमेर १९ वर्षलाई केरमेट गरी १७ वर्ष बनाई सुपिङ क्याम्पसको उल्लेखित प्रमाणपत्रसमेतको आधारमा २०४३ साल फागुन महिनामा नेपाली सेनामा भर्ना भएको अख्तियार लगायतका विभिन्न सरकारी निकायमा गरिएको उजुरीमा उल्लेख गरिएको छ । तर सेनाले उजुरीमा आंशिक प्रतिबन्ध लगाएको कारण सेनामा त्यस्तो उजुरी पर्न सकेको छैन । सोही कारण सिग्देललाई बढुवाको लागि आईतबार सिफारिस गरिएको हो ।
बास्तविक जन्ममितिको आधारमा सेनामा भर्ना हुन २१ वर्ष उमेर नाघेको हुनु हुँदैन । उनले सेनामा जागिर खानको लागि नागरिकताको उमेर केरमेट गरेको दावी गरिएको छ । उल्लेख गरिएको उजुरीमा सिग्देलले आफ्नो वास्तविक जन्ममिति २०२१ साल चैत्र १९ गते साल मात्र मिलाई २०२३ साल चैत्र १९ गते बनाउँदा २०३९ साल फागुन ८ गतेदेखि १९ गते सम्म सञ्चालित एसएलसी परीक्षा दिन आवश्यक १६ वर्षको उमेर नपुग हुने भएकोले क्याम्पस प्रमुख राठौरको सुझावअनुसार महिनासमेत मिलाई जन्ममिति २०२३ साल माघ १९ बनाएका हुन ।
उजुरीमा उपरथी सिग्देलले २०४३, २०५८ र २०७६ सालमा किर्ते गरेकाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयमा रहेका अभिलेखहरुको स्वतन्त्र र निष्पक्ष जाँच गर्न माग गरिएको छ । साथै किर्ते कार्यमा सिग्देललाई सहयोग गर्ने सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख राठौरसँग पनि बयान लिन उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीमा उल्लेख गरिएअनुसार सिग्देलले रुपन्देही जिल्लाबाट बनाएको नागरिकता केरमेट गरी गरेको किर्ते कार्यबाट बच्न २०५८ सालमा आफ्नो पद र नियुक्तिको आधारमा अनुचित प्रभाव पार्दै जाजरकोट जिल्लाबाट २०२३ साल माघ १९ गते जन्ममिति हुनेगरी नागरिकताको प्रतिलिपि बनाएका थिए । त्यसपछि २०७६ साल साउन ३० गते त्रिविको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ साल चैत १९ लाई केरमेट गरी २०२३ साल माघ १९ गते बनाई पुनः किर्ते गर्नुको साथै प्रवेशिका परीक्षाको अभिलेख रहेको पनिकाको ढड्डा समेतमा सोही बखत केरमेट गरी जन्ममिति संशोधन गरिएको उजुरीहरुमा लेखिएको छ ।
उजुरीमा उल्लेख भएअनुसार ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ को नियम ६ बमोजिम प्रमाणपत्र पाएको मितिले त्यतिबेला छ महिनाको म्यादमा दरखास्त दिई सच्याउनुपर्नेमा २०४३ सालमा दिइएको प्रमाणपत्रमा उल्लेखित जन्ममिति नियमविपरीत २०७६ सालमा ३३ वर्षपछि गैरकानुनी रुपमा सच्याइएको दाबी गरिएको छ । ताराध्वज पाण्डेले पनि किर्ते गरेर उमेर सच्याएको उजुरी परेपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । तर सोही पदका लागि सिग्देलको नाम सिफारिस भएको हो । एकै प्रकृतिको किर्तेमा पाण्डेले राजीनामा दिनुपर्ने र सिग्देलले भने भावी प्रधान सेनापतिको लाइनमा उभिन पाउने अवस्थाले नेपाली सेनामा भाँडभैलो छ भन्ने देखाएको छ ।
उजुरी लिने निकायले उजुरीमा दाबी गरिएको कुरा के हो त्यसको सत्यतथ्य जाँच गरेर क्लिनचिट दिनुपर्ने हो वा कारबाहीका लागि सिफारिस गर्नुपर्ने हो त्यसको बारेमा निक्र्यौल गरेको भए सेनाको छवि सधैँ उच्च हुनेथियो । तर, उजुरी लिने निकायहरुले बेवास्ता गर्दा सिग्देल सेनापति भए पनि उनीमाथि सधैँ प्रश्न उठिरहने देखिन्छ ।