युट्युबर मनोज मानवको बयान, –“महेश बस्नेतको अश्लिल भिडियो सार्वजनिक गर्नु गल्ति भयो”

दियो पोस्ट  

काठमाडौं । गत कार्तिक २२ गते परेका मनोज मानव भनिने मनोजकुमार महतो विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

नेकपा एमालेका नेता महेश बस्नेत र एक महिलाबीचको भिडियो सार्वजनिक गरेको अभियोगमा उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

‘म विगत १० वर्षदेखि पत्रकारितामा हुमिएको व्यक्ति हुँ । मैले विगतमा म एक वर्षदेखि अनलाई टिभी चलाएको छु । मैले समाजमा घटेका विभिन्न घटनाक्रमलाई सामाजिक सञ्जाल तथा न्यूज पोर्टलको माध्यमबाट आम सर्वसाधारणलाई सचेतना फैलाउने तथा जानकारी गराउने कार्य गर्दै आई रहेको छु,’ उनले बयानमा भनेका छन्,‘गत १९ गते राती ९ बजे तिरको समयमा अहिले जाहेरी दिने व्यक्तिले तपाईसँग मेरो भिडियो छ । सामाजिक सञ्चालमा नराख है भनेर मलाई धम्कीपूर्ण शब्द प्रयोग गरेपछि मैले प्रयोग गर्ने सामाजिक सञ्जाल प्रोफाईल भिडियो अपलोड गरिदिएको हो ।’

उनले आवेगमा आएर भिडियो सार्वजनिक गरेको बताएका छन् । ‘मैले आवेगमा आई जाहेरवालाहरुको अश्लिल भिडियोलाई सामाजिक सञ्जालमा अपलोड, पोष्ट गरि निजहरुको समाजमा बदनाम, चरित्रहत्या गरेको हुँ जाहेरवालाहरुको भिडियो तथा फोटो सामाजिक सञ्जालमा सार्वजनिक रुपमा पोष्ट गरि जथाभावि लेख्नु मेरो गल्ति भयो,’ उनले बयानमा भनेका छन् ।

बयानको पूर्ण पाठ यस्तो छ ।