सेनापति बन्न रथी अशोक सिग्देल भारतीय खुफिया ‘रअ’को शरणमा पुगेको आरोप

दियोपोस्ट संवाददाता

काठमाडौं । भावी प्रधानसेतापतिको रुपमा अघि सारिएका रथी अशोक सिग्देलले सैनिक आचारसंहिता विपरित विवादास्पद भेट गरेको खुलाशा भएको छ ।

सिग्देलले भारतीय खुफिया एजेन्सी रअका लागि नेपालमा काम गर्दै आएका राई स्कुलका प्रिन्सिपल समेत रहेका केपी पाण्डेलाई लिएर भारत पुगेको स्रोतको दाबी छ । नेपाल प्रहरीका पूर्वएआइजी हरि पालको सहयोग लिएर सिग्देलले पाण्डे मार्फत भारतीय संस्थापन पक्ष र खुफिया संस्थासँग सम्बन्ध राखेको विशेष स्रोतले दियोपोस्टलाई बतायो ।

केहीदिन अघि सुटुक्क भारत पुगेर उनले आफूलाई नेपाली सेनाको प्रधानसेनापति बनाइदिन याचना गरेका हुन् । राई स्कुलको प्रिन्सिपल भएपनि भारतीय खुफियाकालागि काम गर्दै आएका पाण्डे नेपालको भूराजनीतिमा चलखेल गर्ने पात्र हुन् । भारतीय संस्थापन पक्षको आशिर्वाद पाएकै कारण यतिबेला सिग्देलको नागरिकता र सर्टिफिकेट विवाद कायमै रहेपनि बढुवामा परेका छन् । उनलाई प्रधानसेनापति बनाउन हतियार माफियाहरु खुलेरै लागि परेका छन् ।

सम्बन्धित खबर

सिफारिस