न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे रहेका छन्।

पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए।

बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।  सुनको परिणामबारे भने प्रहरीले अहिले केही सार्वजनिक गरेको छैन।

सम्बन्धित खबर

सिफारिस