कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ

दियोपोस्ट संवाददाता

बाँके । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको नेपालगंज उपमहानगरपालिका–२२ बस्ने ५५ वर्षीय मोहमद्हा फिम खाँलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर गरेको थियो ।

सो पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

सम्बन्धित खबर

सिफारिस